ताजा समाचार
पुरुष फुटवलके फाइलन खेल देखके लेल एक करोड चाईर लाख || १३औं दक्षिण एसियाली खेलकुद (साग) के समाचार सङ्कलनके क्रममे प्रहरीे, || जनकपुरमे ७१ औं अन्तर्रा्ष्ट्रिय मानव अधिकार दिवस आई मनाउल गेल || प्रदेश नं. २ के वीरगँजमा एक घरमे माई बेटीके सरल || सिरहामे हात्तिके आक्रमण सँ एक बालकके मृत्यु भेल || विगत दिन सँ सामान्य रहल नेपालके मौसम काईल सँ बदली || पर्सामे लागुऔषध चरेश सहित एक गोटे पक्राउ परल अछि || पटाका बिहान पड्काउने क्रममा घाइते भएका एक बालकको मंगलबार ज्यान || चेक रिपब्लिक स् चेक रिपब्लिकको उत्तरपूर्वी सहर ओस्त्राभास्थित एउटा अस्पतालमा || सिरहाके औरही गाउँपालिकामे विकास निर्माणके कार्यमे राजनीतिक पूर्वाग्रह नै राईख || सांगीतिक क्षेत्रमे लागल स्रष्टासब पौने रोयल्टी व्यवस्थापन कर कलाकर्मीसब जोडदार || आर्थिक वर्षको पहिल चौमासिकमे प्रदेश २ सरकारके विकास खर्च निराशाजनक || सप्तरीके एकटा एहन गाम जैय पहिल बेर विद्युत बत्ती बरलाक || भारतके दिल्लीस्थित रानी झाँसी आगलागीमे पैर ४३ गोटेके मृत्यु || चितवनमे एक अटो पल्टला सँ पाँच गोटेके मृत्यु भेल || प्रदेश नं २ के सामाजिक विकाश राज्यमन्त्रि अभिराम शर्मा सहितके || दिल्ली को अन्न्भन्डारमा आगो लाग्दा ४३ को मृत्यु || इटहरीमा लैगिंक हिंसा विरुद्ध महिलाले खेले फुटसल || १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेलमे पहिलदिनके || महिलाके जवरजस्ती बलात्कार केने आरोपमे एक डाक्टरके प्रहरी पक्राउ केलक || धनुषामे करिब ७ किलो चाँदी आ सुन सहित एक गोटे || सिरहामे ५ लाख सँ बढी अवैध भारतीय रुपैयाँसहित ४ गोटे || जनकपुरमे साग खेलके उदुघाटनमे फोर लौने पटका फुटलाक बाद एक || २० टा स्वर्ण पदकके जनकपुर कभर्ड हलस्थित खेल || ‘क्राइम ब्रान्च’ के व्यक्ति छि कहि पैसा ठगी करबला एक || महोत्तरीमे एक थान लोडेड पेस्तोल बरामद भेल || गुल्मीमे १० वर्षीया बालिका बलात्कृत भेल || भारतके हैदराबादके एक बहुचर्तित बलात्कार काण्डके चाईर गोटे अभियुक्त प्रहरी || महोत्तरी जिल्लाके एक गाउँपालिकाके वडा कार्यालयमे तालाबन्दी केलगेल || प्रधानमन्त्री केपी शर्मा ओली आई अस्पताल सँ डिस्चार्ज भेल || बाराके बरियारपुरमे लागल गढीमाई मेलामे हाल तक प्रहरी २५० गोटे || सेवाग्राहीसँग अनावश्यक रुपमे घुस लैत करल एक गोटे प्रहरी फेर || धनुषामे चैल रहल गारीमे अचानक आगलागी भेल || ट्याक्टरके ठक्कर सँ धनुषामे एक महिलाके ज्यान गेल || प्रदेश २ के आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव || सप्तरीमे विद्युत सर्ट भ बृहसपति आगलागी भेला सँ चाईर गोटेके || १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जनकपुरधाममे होब लागल || सिरहामे हिरासत सँ भागल सातमध्ये चाईर गोटेके प्रहरी पक्राउ केलक || महोत्तरीमे लागुऔषध सहित दुई गोटेके प्रहरीे पक्राउ || भूमि सुधार तथा मालपोत कार्यालयके एक सुब्बाके अख्तियार घुस सहित ||
दर्जन बढी सांसद विवादमा : यौन दुर्व्यवहारदेखि सामूहिक हत्यासम्म



कार्तिक ६, २०७६, Kathmandu

पदीय मर्यादाविपरित गैरकानुनी कार्य गरेको भन्दै सांसदहरू धमाधम पक्राउ पर्नेदेखि विवादमा मुछिने क्रम बढ्न थालेको छ। 
राष्ट्रिय जनता पार्टी नेपालका सांसद रेशम चौधरीको पक्राउ प्रकरणवाट सुरु भएको सांसदहरूका गैरकानुनी र गैरराजनीतिक क्रियाकलाप नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलसम्म पुग्दा दर्जनबढी भएका छन्।

सांसदको पदीय गरिमाविपरित कार्य गरेको भन्दै प्रतिनिधि सभाका मात्रै ४ सदस्य पक्राउ परिसकेका छन् भने अन्य प्रहरी, अख्तियार, जिल्ला अदालत, सर्वोच्च अदालतदेखि संवैधानिक इजलाससम्म मुद्धा खेपिरहेका छन्।

यौन दुर्व्यवहारदेखि सामूहिक हत्या आरोपमा पक्राउ पर्नेदेखि नेपाल–भारत दुवैतिरको नागरिकता लिने, देशको नीतिविरुद्ध लाग्ने, तोडफोड र आगजनीमा संलग्न हुने मात्रै होइन, व्यक्ति कुटपिटको आरोपसमेतमा प्रहरी, अदालत र अख्तियार धाईरहेका सांसद दर्जन बढी छन्।

रेशम चौधरी, सांसद, राजपा नेपाल
टीकापुर नरसंहारका मुख्य अभियुक्त भनिएका कैलाली–१ का राजपा नेपालका सांसद रेशम चौधरीलाई जिल्ला अदालत, कैलालीले २२ फागुन २०७५ मा जन्मकैदको फैसला सुनायो। हाल उनी जेलमा छन्।

२०७४ फागुन १४ मा आत्मसमर्पण गरेर जेलमा रहेका चौधरीलाई १९ पुस २०७५ मा सांसदको पद तथा गोपनीयताको सपथसमेत खुवाईएको थियो । तर, कैलाली अदालतले एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनालाई मारेको अभियोगमा उनीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।

कृष्णबहादुर महरा, सांसद, नेकपा
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लगाएपछि गत असोज १९ गते उनी पक्राउ परे।

१२ गते असोजको रात आफनो कोठामा आई महराले दुव्र्यवहार गरेको शाहीले सार्वजनिक गरेपछि नेकपाले राजीनामा दिन निर्देशन दिएको थियो। उक्त निर्देशनलगत्तै महराले असोज १४ गते पदबाट राजीनामा गरेका थिए।

१७ असोजमा पीडित भनिएकी शाहीले उजुरी गरेपछि महरा १९ गते पक्राउ परेका थिए। हाल प्रहरी हिरासतमा रहेका महराले सरकारी वकिलसमक्ष गत आईतबार ‘इन्कारी बयान’ दिईसकेका छन्। तर, जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाले महरा अझै प्रहरी हिरासतमा नै छन्।

अफताव आलम, सांसद, नेपाली कांग्रेस
संविधानसभाको पहिलो निर्वाचन अर्थात् २०६४ चैत २७ गते राति बम बनाउने क्रममा भएको बिस्फोटका घाइतेलाई इँटाभट्टामा हाली मारेको अभियोगमा आलम पक्राउ परेका छन् ।

गत असोज २६ गते रौतहटको राजपुर फरहदवावाट पक्राउ परेका उनी हाल जिप्रका, रौतहटको हिरासतमा छन्। त्रिलोकप्रताप सिंह र रुक्साना खातुनलगायतलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा पक्राउ परेका आलमसँग बयान लिने क्रम सुरु भएको छ। रौतहट–२ बाट प्रतिनिधित्व गर्ने आलम हिरासतमा नै छन् ।

प्रमोद साह, सांसद राजपा नेपाल
जनकपुर विमानस्थलको बुद्ध एयर काउन्टर तोडफोड गरेको आरोपमा राजपा नेपालका सांसद प्रमोद साह २८ असोजमा पक्राउ परे।

ओखलढुंगा जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलवाट पक्राउ परेका साह कात्तिक १ गते जिल्ला अदालत, धनुषको आदेशमा साधरण तारेखमा रिहा भईसकेका छन्।

असोज २७ गते जनकपुर विमानस्थल तोडफोड गरेका साहलाई २८ गते पक्राउ गरेपछि ४ दिन हिरासतमा राख्न अदालतले आदेशसमेत दिएको थियो। उनी सर्लाही–१ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन्।

देवेन्द्रराज कँडेल, सांसद, नेपाली कांग्रेस
नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेल नेपाल र भारत दुवैतिरको नागरिकता लिएको खुलेपछि विवादमा तानिएका छन्।
भारत, उत्तरप्रदेशको ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षमा चयन हुँदा ३३ कसाया रोड, बेतिया हाता, जनपद गोरखपुरको स्थायी बासिन्दा भएको भन्दै सपथ लिएको खुलेको छ।

भारतको स्थायी बासिन्दा भन्दै व्यवस्थापन समितिको अध्यक्षको सपथसमेत लिएका मुन्नाभाइ अर्थात् पूर्व राज्यमन्त्री कँडेलका बारेमा सिआईबीको टोलीले छानबिन गरिरहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा छानबिनमा परेका उनको भारतको मतदाता नामावलीमा नाम रहेको र आधारपत्रसमेत लिएको अनुसन्धानमा देखिएको छ। उनी नवलपरासी–२ बाट संसदमा प्रतिनिधित्व गर्छन्।
हरिनारायण रौनियार, सांसद, समाजवादी पार्टी
पर्सा–३ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समाजवादी पार्टीका सांसद हरिनारायण रौनियार निलम्बित अवस्थामा छन्। पप्पु कन्ट्रक्सनका मालिकसमेत रहेका रौनियारबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्धा दायर गरेपछि स्वतः निलम्बनमा परेका हुन्।

२०७५ असोज १९ देखि निलम्बित रौनियार मुद्धाको अन्तिम किनारा नलागेसम्म निलम्बित नै रहनेछन्।

सुरेशचन्द्र दास यादव, सांसद नेकपा
दोहोरो नागरिकता लिएको आरोपमा मुद्धा खेपिरहेका अर्का सांसद हुन्– सुरेशचन्द्र दास यादव। तत्कालीन माओवादीवाट सिरहा–२ वाट बिजयी भएका सांसद यादवले ‘लालबाग प्रोफेसर कोलनी मिर्जापुर, नगर निगम दरभंगा, दरभंगा जिल्ला’ को स्थायी बासिन्दा भएका खुलेको थियो।

नेपालमा मतदाता परिचय पत्र १४५७६९८८ बोक्ने सांसद यादवले भारतमा भने ०३७३१८३ नम्बरको मतदाता परिचय पत्र लिएको आरोप छ । मैथली साहित्य परिषद, मिश्र टोलमा भोट हाल्ने सांसदले नेपालमा भने आधारभूत विद्यालय औरही सिरहामा मतदान गर्छन्।

भारतको दरभंगामा घरसमेत रहेकी सांसद साहकी श्रीमती रेखा यादवको पनि उतैको मतदाता परिचयपत्र छ। २०४८ र २०५१ मा नेपाली कांग्रेसवाट सांसद भएका साह २०७४ सालमा भने माओवादीवाट बिजयी भई नेकपामा आवद्ध छन्। उनको मुद्दा सर्वोच्चमा विचाराधिन छ।

प्रदिप यादव, सांसद, समाजवादी पार्टी
नेपाल एक चीन नीति पक्षधर राष्ट्र भए पनि त्यस नीति बिपरितको कार्यक्रममा सहभागी भएको भन्दै सांसद साह पार्टीबाटै निलम्बित अवस्थामा रहेका छन्।

गत असार १० गते बसेको समाजवादी पार्टीको कार्यकारिणी समितिको पूर्ण बैठकले ‘फ्रि तिब्बत’ को पक्षमा लागेको भन्दै सांसद यादवलाई ६ महिनाका लागि निलम्बन गरेको हो।

लाटभियाको राजधानी रिगामा आयोजना भएको ‘इन्टरनेसनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तिब्बत’ को कार्यक्रममा उनी सहभागी भएका थिए। पार्टीलाई जानकारी नै नदिई उक्त कार्यक्रममा सहभागी भएको र सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको हो । उक्त सम्मेलन बैशाख २६–२७, २०७६ सम्म चलेको थियो।

एकवाल मियाँ, सांसद, राजपा नेपाल
सांसद प्रदिप यादव झैं राजपा नेपालका सांसद एकवाल मिया पनि ‘फ्रि तिब्बत’ को कार्यक्रममा सहभागी भएपछि ‘क्षमायाचना’ गरेका थिए।

लाटभियाको नागामा ‘फ्रि तिब्बत’ सम्बन्धी सम्मेलनमा भुलबस पुगेको तर एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै तत्कालीन सभामुख कृष्णबहादुर महरासमक्ष लिखित पत्र लेखेर नै उनले क्षमायाचना गरेका थिए।

जेठ ६ गते लेखेको क्षमायाचना पत्रमा निजी भ्रमणका क्रममा स्विटजरल्याण्ड र टर्की हुदैँ भुलबस लाटभिया पुगेको तर सम्मेलनमा भाग नलिएको भन्दै स्पष्टीकरण लेखेर क्षमायाचना गरेका थिए।

अग्नीप्रसाद सापकोटा, सांसद, नेकपा
अर्जुन लामा हत्याकाण्डमा मुछिएका नेकपाका सांसद अग्निप्रसाद सापकोटाविरुद्धको मुद्धा पनि सर्वोच्च अदालतमा विचाराधिन छ।
गत असार १५ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले सापकोटाविरुद्ध बेपत्ता छानबीन आयोगमा आयोगमा उजुरी परेको वा नपरेको, यदि परेको भए सोको प्रतिलिपि उपलब्ध गराउन आदेश दिएको अवस्था छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले उक्त आदेश दिएको हो।

तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र ओमप्रकाश मिश्रले २०७२ चैत २२ गते सापकोटाविरुद्धको मुद्धा संवैधानिक इजालासवाट टुंग्याउन निर्देशन दिएपछि उक्त इजलास बसेको हो। सापकोटामाथि कर्तव्य ज्यानसहित अदालतको अवहेलना मुद्धा लिएर सबैधानिक इजलासले निर्णय लिन खोजेको हो।

२०६२ बैशाख १६ गते काभ्रे छत्रबासका अर्जुन लामालाई माओवादी कार्यकर्ताले अपहरण गरी लगेको र दुई महिनापछि लामाको शव बुढाखानी गाविसमा भेटिएको थियो। सोही घटनालाई लिएर लामाकी श्रीमती पुर्णिमाया लामाले सापकोटासहित सूर्यमान दोङविरुद्ध मुद्धा दर्ता गराएकी हुन्।

नारदमुनी राना, सांसद नेकपा
कुटनीतिक राहदानी दुरुपयोग अभियोगमा सर्वोच्च अदालतमा नेकपाका सांसद नारदमुनी राना मुद्धा खेपिरहेका छन् ।
हाल कैलाली–५ बाट प्रतिनिधित्व गर्ने रानाले २०६४ सालको संविधानसभा सदस्य हुँदा कुटनीतिक राहदानी दुरुपयोग गरेको भन्दै असार २० मा केन्द्रीय अनुसन्धान ब्यूरो अनामनगर डेराबाट पक्राउ परेका थिए। उनी त्यतिबेला एमालेबाट समानुपातिक सांसद थिए।

२०७२ साउन २६ गते विशेष अदालतबाट सफाइ पाए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ चैतमा उनीविरुद्ध मुद्धा दायर गरेको थियो, जो सर्वोच्च अदालतमा अझै विचाराधिन अवस्थामा छ।

सोही काण्डमा मुछिएका शिवपुजन यादवको भने सर्लाही–४ बाट बाम गठबन्धनको उम्मेदवार हुँदा २०७४ मा उम्मेदवारी नै खारेज भएको थियो।

पार्वत गुरुङ, सांसद नेकपा
गत निर्वाचनमा सांसद पार्वत गुरुङले तत्कालीन माओवादीका जिल्ला नेता वीरध्वज खडकालाई कुटपिट गरेको आरोप लागेको छ।
खड्काले आफनो ज्यान मार्ने उद्देश्यले कुटपिट गर्न लगाएको भन्दै दिएको मुद्धामा जिल्ला अदालत काठमाडौंले जिल्ला प्रहरी कार्यालय, दोलखालाई पत्राचार गरेको थियो।

३५ दिनभित्र जवाफ दिन प्रहरीले सांसद गुरुङलाई पत्र काटेपछि उनी कात्तिक ३ गते जिल्ला अदालत काठमाडौंमा हाजिर भएका थिए, सोही दिन नै अदालतले सांसद गुरुङलाई साधरण तारेखमा छाडिसकेको छ।

त्यसो त, हालका बहालवाला सांसद मात्रै होइनन्, पदीय मर्यादाविपरित काम गरेको, फौजदारी अभियोग लागेको आरोपमा पूर्व सभासद र सांसदमध्ये सञ्जय साह टकला, वीपी यादव, श्यामसुन्दर गुप्तालगायत जेलमा नै छन्।

यस्तै, भ्रष्टाचार आरोप लागेका जयप्रकाश गुप्ता सञ्चारमन्त्री रहँदै जेल परे भने पूर्वमन्त्री चिरन्जीवी वाग्ले र खुमबहादुर खड्का पनि भ्रष्टाचारमा जेल परेको नजीर छ।

Reporter : रेडियो जनकपुर
Comment Box

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) के अन्तिम दिन पुरुष...

१३औं दक्षिण एसियाली खेलकुद (साग) के समाचार सङ्कलनके क्रममे प्रहरीे,...

जनकपुरमे ७१ औं अन्तर्रा्ष्ट्रिय मानव अधिकार दिवस आई मनाउल गेल...

प्रदेश नं. २ के वीरगँजमा एक घरमे माई बेटीके सरल...

सिरहामे हात्तिके आक्रमण सँ एक बालकके मृत्यु भेल अछि...

विगत दिन सँ सामान्य रहल नेपालके मौसम काईल सँ बदली...

पर्सामे लागुऔषध चरेश सहित एक गोटे पक्राउ परल अछि ।...

जनकपुरमा भएको १३ औँ दक्षिण एशियाली खेलकुद ९साग० अन्तर्गत कुस्ती...

चेक रिपब्लिक स् चेक रिपब्लिकको उत्तरपूर्वी सहर ओस्त्राभास्थित एउटा अस्पतालमा...

सिरहाके औरही गाउँपालिकामे विकास निर्माणके कार्यमे राजनीतिक पूर्वाग्रह नै राईख...

सांगीतिक क्षेत्रमे लागल स्रष्टासब पौने रोयल्टी व्यवस्थापन कर कलाकर्मीसब जोडदार...

आर्थिक वर्षको पहिल चौमासिकमे प्रदेश २ सरकारके विकास खर्च निराशाजनक...

सप्तरीके एकटा एहन गाम जैय पहिल बेर विद्युत बत्ती बरलाक...

भारतके दिल्लीस्थित रानी झाँसीमे रहल अनाज मन्डीमे रैबदिन सबेर भेल...

चितवनमे एक अटो पल्टला सँ पाँच गोटेके मृत्यु भेल...

प्रदेश नं २ के सामाजिक विकाश राज्यमन्त्रि अभिराम शर्मा सहितके...

भारतको राजधानी दिल्लीमा रहेको एउटा अन्न बजारमा आगलागि हुँदा ४३...

इटहरी,१६ दिने लैगिक हिंसा बिरुद्घको अभियानको अवसरमा इटहरी उपमहानगरले महिला...

जनकपुरमे शुक्रदिन सँ सुरु भेल १३ औं दक्षिण एसियाली खेलकुद...

महिलाके जवरजस्ती बलात्कार केने आरोपमे एक डाक्टरके प्रहरी पक्राउ केलक...

धनुषामे करिब ७ किलो चाँदी आ सुन सहित एक गोटे...

सिरहामे ५ लाख सँ बढी अवैध भारतीय रुपैयाँसहित ४ गोटे...

जनकपुरमे साग खेलके उदुघाटनमे फोर लौने पटका फुटलाक बाद एक...

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतके कुस्ती खेल...

‘क्राइम ब्रान्च’ के व्यक्ति छि कहि पैसा ठगी करबला एक...

महोत्तरीमे एक थान लोडेड पेस्तोल बरामद भेल अछि । सशस्त्र...

गुल्मीमे १० वर्षीया बालिका बलात्कृत भेल अछि । स्कूल जेबाक...

भारतके हैदराबादके एक बहुचर्तित बलात्कार काण्डके चाईर गोटे अभियुक्त प्रहरी...

महोत्तरी जिल्लाके एक गाउँपालिकाके वडा कार्यालयमे तालाबन्दी केलगेल अछि ।...

प्रधानमन्त्री केपी शर्मा ओली आई अस्पताल सँ डिस्चार्ज भेल...

बाराके बरियारपुरमे लागल गढीमाई मेलामे हाल तक प्रहरी २५० गोटे...

सेवाग्राहीसँग अनावश्यक रुपमे घुस लैत करल एक गोटे प्रहरी फेर...

धनुषामे चैल रहल गारीमे अचानक आगलागी भेल अछि । बेहसपति...

बाराके प्रसिद्ध गढीमाई मेला सँ यात्रु बोईक घुरैत करल ट्याक्टरके...

प्रदेश २ के आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव...

सप्तरीमे विद्युत सर्ट भ बृहसपति आगलागी भेला सँ चाईर गोटेके...

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जनकपुरधाममे होब लागल...

सिरहामे हिरासत सँ भागल सातमध्ये चाईर गोटेके प्रहरी पक्राउ केलक...

महोत्तरीमे लागुऔषध सहित दुई गोटेके प्रहरीे पक्राउ केलक अछि ।...

भूमि सुधार तथा मालपोत कार्यालयके एक सुब्बाके अख्तियार घुस सहित...