ताजा समाचार
‘फेसएप’ प्रयोग गर्नेहरु सावधान ! || जनकपुर उद्योग वाणिज्य संघ र धनुषा चेम्बर अफ कमर्सले वुझायो || विहीबार रातिदेखि नै रुखमा गुद्रु मुखिया || बाढी पहिरोमा मृतकका परिवारलाई तीन/तीन लाख रुपैयाँ राहत || आषाढ २७ औरही खोलामा निर्माणाधीन पुल भत्किए || धनुषामा करेन्ट लागेर एक जना महिलाको मृत्यू || मोहत्तरीको भंगहा नगरपालिकाले आफ्नो नगर भित्रका कक्षा १०,११ र १२ || 2076-03-18 विश्वकप क्रिकेटमा इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश, पाकिस्तानलाई कठिनई || यू- १९ एसिया कपमा खेल्ने नेपालको लक्ष्य || भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा || महोत्तरी जिल्लाक भंगहा नगरपालिकामे करेन्ट लागि कऽ एक युवकक मृत्यु || रामजानकी मन्दिरबाट ३ ओटा मूर्ति चोरी || पानी परेपछि जलेश्वर कारागार डुबानमा || एकदिवसीय बरियतामा नेपाल झडयो, कुनै पनि खेलाडी १०० भित्र अटाएनन् || विश्वकप क्रिकेटमा आज भारत वेष्ट इन्डिजसंग खेल्ने छ । || मोटरसाइकल एकापसमे टक्रएलासँ दु गोटेक मृत्यु || मोरङमे अन्हडबिहारि संग आएल ठन्का लागिक दु युवाक मृत्य || इंग्ल्याण्डमे जारी एकदिवसीय विश्वकप क्रिकेटमे पाकिस्तान न्युजिल्याण्डकेँ ६ विकेटसँ पराजित || विप्लव नेतृत्वक नेकपा आह्वान कएने नेपाल बन्दक कारण जनजीवन प्रभावित || समुदायिक विद्यालयका किशोरीहरुलाई आत्मरक्षाको तालिम || जनकपुरका भरोसा मेडिकलद्धारा आयोजित एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन् || ‘समाजवादी पार्टी, नेपाल’ औपचारिक घोषणा सोमबार || के होला प्रदेश २ नाम र राजधानी रु यी नाम || प्रहरीको पेस्तोल र गोली तस्करले लुटे || सडक दुर्घटनामा एक साईकल यात्रीको मृत्यु || आइतवार बिहान साढे ३ बजे आएको हावाहुरीका कारण धनुषामा भौतिक || आजदेखि कक्षा १२ को परीक्षा || हावाहुरीका कारण दुई जनाको मृत्यु || राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को परीक्षा || नागरिकता वितरण नगर्न सरकारका नाममा आदेश जारी || आफन्त र कार्यकर्ता पोस्न दुई मन्त्रीले गरे २।३७ अर्ब रकमान्तर || डी प्लस’ को रजिस्ट्रेसन नरोक्नू स् सर्वोच्च || जनकपुरधाम( बाल विवाह गर्न लागेकै अवस्थामा प्रहरी को कारवही || अपहरणको नाटक गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा स्( || बंम बिस्पोट हुदा 190 जनाको मृत्यु ५०० || हस्पिटलको शौचालयमा मा एक नर्सको शव फेला || एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण || अवैध घरेलु मदिरा नष्ट || कक्षा ५ सम्म सञ्चालन रहेको विद्यालयमा कम्प्युटर शिक्षा || सर्वोच्चको आदेशप्रति राजपाको आपत्ति ||
आफन्त र कार्यकर्ता पोस्न दुई मन्त्रीले गरे २।३७ अर्ब रकमान्तर



०, ०, Janakpurdham

जनकपुर — आफन्त र कार्यकर्ता पोस्न प्रदेश २ का दुई मन्त्रीले २ अर्ब ३७ करोड रुपैयाँ रकमान्तर गरेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय र सामाजिक विकासमन्त्री नवलकिशोर साहले ‘आफ्ना मान्छे’ को नामै किटेर ठूला योजनाको रकम फुटकरमा सारेका हुन् 

स्थानीय तह र संसदीय कोषले छनोट गरेजस्ता साना र फुटकर योजनामा करोडौं रुपैयाँ सारिएको छ । उक्त बजेट मन्त्रीहरूले गृह जिल्ला र संसदीय क्षेत्रमा पारेका छन् । उद्योग मन्त्रालयले फागुन ९ गते ८४ वटा शीर्षकमा १ अर्ब ६७ करोड ७ लाख २१ हजार र सामाजिक विकास मन्त्रालयले माघ ७ गते २ सय ७४ वटा शीर्षकमा ७० करोड रुपैयाँ रकमान्तर गरेका हुन् ।

प्रदेश २ को विकास सूचकांकसँग जोडिएको यी दुई मन्त्रालयको बजेट एकीकृत र ठूला योजनामा खर्चिनुपर्नेमा मन्क्रीकै निर्देशनमा आर्थिक वर्षको अन्त्यतिर टुत्रे योजनामा छरिएको हो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रायले पर्यटन क्षेत्रमा विनियोजन गरिएको ३२ करोड रुपैयाँलाई छिन्नभिन्न पारेर १ सय २६ वटा योजनामध्ये ६६ वटा गृह जिल्ला सर्लाहीमा लगेका छन् । तीमध्ये ३५ वटा आफ्नै संसदीय क्षेत्रमा खन्याएका छन् 

रकमान्तर गरिएका अन्य योजना कार्यान्वयनमा लगे पनि पर्यटनको ३२ करोड रुपैयाँ छिन्नभिन्न गरेर एउटै जिल्लामा अधिकांश योजना लगेको भन्दै मन्त्रालयका सचिव विद्यानाथ झाले फाइल अड्काइदिएका छन् । राजपाबाट मन्त्री बनेका रायले सर्लाहीको हरिपुर्वा, पर्सा, जिगअर्वा, संग्रामपुर र ब्रह्मपुरीमा मात्रै ३५ वटा योजना लगेका छन् । जसमध्ये धेरैजसो बजेट विवाहमण्डप निर्माणमा लगाइएको छ ।

सर्लाहीको पर्सामा इदगाह मर्मतसम्भार, हरिपुर्वा–७ मा ब्रह्मस्थान पर्खालनिर्माण, महोत्तरीको मनरासिस्वा–८ मा

कटैया बजार मर्मत, धनुषाको जमुनियामा छठघाट निर्माण, महोत्तरीको जिरोमाइलमा धर्मशाला निर्माण र सप्तरीको हनुमाननगरमा विवाहमण्डप निर्माणलगायत १ सय २६ वटा योजनामा पर्यटनको ३२ करोड रुपैयाँ मन्त्री रायले खन्याएका हुन् ।

 

पर्यटनको बजेट छिन्नभिन्न पारेर मन्त्रालयले खर्चका लागि वन निर्देशनालयलाई रकम पठाइसकेको छ । मन्त्रालयका सचिव झाले बिहीबार निर्देशनालयलाई ‘सरकारको नीति तथा कार्यक्रमअनुसार बजेटमा विनियोजित रकम समानुपातिक रूपमा सबै जिल्लामा पर्ने गरी खर्च गर्न’ पत्र काटेका छन् ।‘पर्यटनको बजेट वन निर्देशनालयमार्फत खर्च गर्नै हुन्न,’ मन्त्रालयका एक अधिकारीले कान्तिपुरसँग भने, ‘रकमान्तर गरिएको बजेटको समानुपातिक वितरण पनि गरिएको छैन ।’ सचिव झाले पर्यटन विकास आयोजना बनाएर धार्मिक पर्यटन पूर्वाधार र सर्किटमा एकमुष्ट रकम खर्च गर्न प्रस्ताव गरे पनि मन्त्री रायले पर्यटनको बजेट वन निर्देशनालयमार्फत खर्च गर्न अड्डी लिए । छिन्नभिन्न पारिएको पर्यटनको बजेट स्वीकृत गर्न रायले तारन्तार दबाब दिएपछि सचिव झा २० दिन बिदामा बसे । तालिम, सेमिनार, अध्ययन भ्रमण र क्षमता अभिवृद्धिमा बजेटको ठूलो हिस्सा रकमान्तर गरिएको छ ।

 

नामै किटेर योजना

रकमान्तर गरिएको ७० करोड रुपैयाँमध्ये २४ करोड छोरा मेयर रहेको नगरपालिकामा खन्याएका सामाजिक विकासमन्त्री नवलकिशोर साहले नाम र मोबाइल नम्बरै किटेर योजना जिल्ला पठाएका छन् । सामाजिक विकास मन्त्रालयको चौमासिक विभाजन फाराममा योजना सिफारिस गर्ने र योजना पाउने दुवै व्यक्तिको नाम किटिएको छ ।

कान्तिपुरलाई प्राप्त तीन पन्नाको चौमासिक फाराममा मन्त्री, प्रदेश सांसद र सत्तासीन दलका नेताको सिफारिसमा छनोट भएको योजनामार्फत खर्च गर्ने भन्नेसमेत उल्लेख छ । सिरहाको सुखीपुर नगरपालिकामा इतहादु आधारभूत विद्यालयका लागि विनियोजन गरिएको ७ लाख रुपैयाँ खर्च गर्न श्यामनन्दन यादवलाई सम्पर्क व्यक्ति तोकिएको छ ।

यादवलाई सिरहाको २२ वटा योजनाका लागि खर्च गर्दा सम्पर्क व्यक्ति तोकिएको हो । आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवको सिफारिसमा सामाजिक विकास मन्त्रालयले सिरहामा लगेका सबै योजनामा सम्पर्क

व्यक्ति श्यामनन्दनलाई तोकिएको छ ।

संघीय समाजवादी फोरमसँग आबद्ध श्यामनन्दनले योजनामा आफ्नोनाम सल्लाहै नगरी राखिएको बताए । ‘सामाजिक विकास मन्त्रालयले मेरो नाम योजनामा किन राख्यो, थाहा छैन,’ श्यामनन्दनले कान्तिपुरसँग भने, ‘अहिलेसम्म कसैले सम्पर्क गरेको छैन । उपभोक्ता समितिले पनि मसँग सोधेको छैन ।’

सप्तरीको तिरहुत गाउँपालिकाको आधारभूत विद्यालय त्रिकोलको पर्खाल र कक्षाकोठा निर्माणका लागि विनियोजन गरिएको १ लाख रुपैयाँमा सिफारिसकर्तामा गाउँपालिकाको नाम रहे पनि सम्पर्क व्यक्तिको नाम तोकिएको छैन । यस्तै, राजपाका प्रदेश सांसद बिक्की यादवको सिफारिसमा सप्तरीको डाकनेश्वरी नगरपालिकाको फत्तेपुर र पथरवामा सामुदायिक भवन निर्माणका लागि ५ लाख रुपैयाँ दुई शीर्षकमा विनियोजन गरिएको छ ।

दुवै योजनामा सम्पर्क व्यक्तिमा सांसद यादवकै नाम छ । सप्तरीको अग्निसाइर–कृष्णसाइर गाउँपालिकामा ८ लाख रुपैयाँ आयुर्वेद विद्यालयको पर्खाल निर्माणका लागि विनियोजित बजेटका लागि राजकुमार यादवलाई

सम्पर्क व्यक्ति तोकिएको छ ।

प्रदेशसभाको वैशाख ३ गतेको बैठकमा विपक्षी दल नेकपा र नेपाली कांग्रेसले जिल्लामा गएको बजेटमा सम्पर्क व्यक्तिको नाम र नम्बर उल्लेख गरिएकामा आपत्ति जनाएका थिए । मन्त्री साहले विपक्षीले आरोपमात्र लगाएको दाबी गरे । ‘आरोपका लागि आरोप लगाउने काममात्र हो, सबै योजना नियमसंगत छ, कुनैमा बदमासी भएको छैन,’मन्त्री साहले भने ।

 

Reporter : रेडियो जनकपुर
Comment Box

अहिले सोसल मिडियामा एउटा एपको प्रयोग गरी आफुलाई बुढो देखाउने...

सरकारले ल्याउन लागेको ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा अन्यौल...

विहीबार रातिदेखि नै रुखमा चढेर गुद्रु मुखिया सम्बन्धित निकाइलाई ज्यान...

मन्त्रिपरिषद्को बैठकले राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी,...

पुलको झण्डै ६ वर्षअघि वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री...

धनुषामा करेन्ट लागेर एक जना महिलाको मृत्यू भएको छ ।...

मोहत्तरीको भंगहा नगरपालिकाले आफ्नो नगर भित्रका कक्षा १०,११ र १२...

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको छ । ...

यू-१९ एसिया कप क्रिकेटको छनोट खेलमा नेपालले चीनलाई १०...

बर्मिङघमको एजबास्टोन रंगशालामा ३१५ रनको लक्ष्य पछयाएको बंगलादेशले ४८ ओभरमा...

हेल्पर पण्डितक मोबाईलसँ डीजे बाजामे बाजा बजएबाक क्रममे करेन्ट...

एकडारा गाउँपालिका–२ मा अवस्थित रामजानकी मन्दिर ९कुट्टी बाट बिहीबार...

झण्डै १ सय ६० वर्ष पुरानो जलेश्वर कारागार जलमग्न र...

अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल एक...

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र वेस्ट इन्डिज...

बुधदिन साँझ चितवनक भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमे एकापसमे मोटरसाइकल टक्रएलासँ ...

्मोरङक रङ्गेली नगरपालिकामे बुधदिन हअन्हडबिहारि एवं पानीक संग आएल ठन्का...

नेत्र विक्रम चन्द विप्लव नेतृत्वक नेकपा आह्वान कएने नेपाल बन्दक...

शहिदनगर नगरपालिकाको सहयोग तथा जन बिकास केन्द्र जनकपुरधामद्वारा शहिदनगर नगरपालिकाको...

यस शिविरमा छात्रछात्राहरुको स्वास्थ्य जाँच बालरोग विशेषज्ञ डाक्टर लव कुमार...

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम पार्टी नेपालबीच...

राजधानीको रुपमा जनकपुर, विरगञ्ज, बर्दिबास, राजविराज, सिम्रौनगढ लगायतको नाम आएको...

भारतमा अवैध रहेको रक्सी तस्करी गर्ने गरेका समूहले नेपाल प्रहरीका...

बस र चालक जिल्ला प्रहरी कार्यालय महोत्तरी नियन्त्रणमा ...

हावाहुरी प्रभावित क्षेत्रमा दुई जना मृत्यु भएपनि उनीहरू बिरामीले ज्यान...

जनकपुर लगायत देशैभरि सँचालन हुने कक्षा १२ को परीक्षा...

हावाहुरीका कारण लगभग १० लाख बराबरको क्षति र दुई जनाको...

परीक्षामा अमर्या्दित काम गर्ने व्यक्तिलाई छ महीना कैद र...

सर्वोच्च अदालतले २०५४ सालमा बाँडिएका ३४ हजार नागरिकतावाहकका सन्तानलाई तत्काल...

आफन्त र कार्यकर्ता पोस्न प्रदेश २ का दुई मन्त्रीले २...

‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीको रजिस्ट्रेसन स्वीकृत गर्न सर्वोच्च अदालतले...

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार...

विशेष टोली परिचालन गरी निजको खोजतलास गर्ने क्रममा मिति २०७६।०१।०८...

श्रीलङका का गिर्जाघर र होटलमा बंम बिस्पोट हुदा 190 जनाको...

जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्सको शव...

देश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले एक करोडको...

८०० लि। कच्चा पदार्थ र भट्टी समेत स्थानिवासिहरुको रोहबरमा...

कालिका प्राथमिक विद्यालय अभिभावक र शिक्षकको सक्रियताका कारण जिल्लाकै नमुना...

सर्वोच्च अदालतले दिएको आदेशप्रति राष्ट्रिय जनता पार्टी राजपा० नेपाले...