छोटी भन्सार कार्यालय सञ्चालनमा
असार ६ - लामो समयदेखि बन्द रहेको महोत्तरी जिल्लाको कटिकटैया छोटी भन्सार कार्यालय सञ्चालनमा आएको छ । व्यापारीहरूले भारतबाट दैनिक उपभोग्यलगायतका सामान ल्याउँदा अन्यत्र नाकामा गएर भन्सार कटाउनुपर्ने बाध्यता रहेकामा सो कार्यालय सञ्चालनमा आउँदा उक्त समस्या हटेर गएको व्यापारीहरू बताउँछन् । सिस्वा कटैया गाविसमा रहेको सो छोटी भन्सार कार्यालयमा सशस्त्र प्रहरी बसेपछि सञ्चालनमा ल्याइएको प्रमुख भन्सार अधिकृत लीलाप्रसाद शर्माले बताउनुभयो ।
हाल महोत्तरीमा रहेका ६ वटा छोटी भन्सार कार्यालयमध्ये कटिकटैया, समसी र मटिहानी सञ्चालनमा रहेको छ भने रघुनाथपुर, बत्तनाहा र पोखरभिण्डा छोटी भन्सार कार्यालय बन्द रहेको छ ।
पूर्व राजा ज्ञानेन्द्र जनकपुरमा
असार ६ - विगत किछ दिनसँ तराई मधेशक भ्रमणमे रहल पूर्व राजा ज्ञानेन्द्र शाह काल्हि जनकपुर आएल छथि । काल्हि करिब साढे १० बजे तिर जनकपुर आएल पूर्व राजा शाहले जनकपुरको जानकी मन्दिरमा माता जानकीको दर्शन तथा पूजा आजा गर्नु भएको छ । पूर्वराजाको स्वागतको लागी राजावादी तथा उनका समर्थकहरु काल्हि विहानै देखी जानकी मन्दिरमा जम्मा भएका थिए । जानकी मन्दिरमे पूजा पाठ कएने पूर्व राजाके जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव र सहायक महन्थ रामरोशन दासले माला र टिका लगाएर स्वागत गरेका थिए । पूजापछि भोजन र विश्रामका लागि पूर्व राजा मानकी होटल पुग्नु भएको । काल्हिए दिउसो तीन बजे जनकपुरको तिरहुतिया गाछीमा धनुषा नागरिक समाज र साधु सन्तहरुले स्वागत तथा नागरिक अभिनन्दन गर्ने कार्यक्रम सेहो भेल छल । आइ पूर्व राजा शाह महोत्तरीके जलेश्वर स्थित महादेव मन्दिरमा पूजा पाठ गरि काठमाडौं फर्किने कार्यक्रम रहेको जनाइएको छ ।
आर्थिक अवस्थामा व्यापक सुधार
असार ६ - चार वर्षअघिसम्म आर्थिक अवस्था कमजोर भएका सिन्धुली हत्तपत्ते–४ बस्ने गङ्गामाया विकको अहिले आर्थिक अवस्थामा व्यापक सुधार आएकोछ । सागरनाथ महिला बचत तथा ऋण सहकारी संस्थाबाट रु २० हजार ऋण लिएर होटल व्यवसाय सञ्चालन गरेकी विक अहिले आर्थिक रूपमा सक्षम र सवल हुँदै गएकीछिन् । बाइस जना सदस्यलाई लिएर स्थापना भएको सो सहकारी सस्थाले गत आर्थिक वर्षमा आफ्ना सदस्यलाई रु ३५ लाख ६१ हजार ६४८ बिना धितो ऋण लगानी गरेको थियो । सस्थाले तरकारी खेती, पशुपालन व्यापार आदि व्यवसायमा लगानी गर्दा त्यस भेगका महिलाको आर्थिक अवस्थामा व्यापक सुधार आएको संस्थाकी अध्यक्ष गीतादेवी सापकोटाले बताउनुभयो ।
डिभिजन सहरकारी कार्यालय धनुषाको तथ्याङ्कअनुसार सिन्धुली जिल्लामा महिलाहरूले चलाएको ऋण तथा बचत सहकारी सस्थाको संख्या ४८ छन् भने धनुषामा ८५८ र महोत्तरी जिल्लामा ७८ रहेको छ । सो सहकारी संस्थामा रु १६ हजार ४५० महिलाको प्रत्यक्ष सहभागिता रहेको छ भने रु एक हजारसम्म ऋण लगानी गरिएको छ । धनुषा र महोत्तरीजिल्ला भन्दा तुलनात्मक रूपमा सिन्धुली जिल्लामासहकारी संस्थाले बढी आर्थिक विकास गरेको छ । डिभिजन सहकारी कार्यालय धनुषाका प्रमुख परमेश्वर यादवले ती संस्थामा आबद्ध महिलाहरू आर्थिकरूपमा सबल भइरहेका बताउनुभयो ।
गोली प्रहार गरी घाइते
असार ६ - बन्दके अवज्ञा कएने कहैत जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजनमुक्ति) समूहके कार्यकर्ता एक जनालाई गोली प्रहार गरी घाइते बनाएका छन् । जनकपुर सँ घर आइबरहल मनरा गाविस– ६ के ३६ वर्षीय अभयकुमार सिंहलाई विपरित दिशाबाट मोटरसाइकलमा आएका दुईजनाको समूह गोली प्रहार कएने जिल्ला प्रहरी कार्यालय महोत्तरी जनोलक अछि । जांघमे गोली लागेर घाइते भएका सिंहको जलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजनमुक्ति समूहका जिल्ला कमाण्डर अभय मुक्ति सञ्चारकर्मीके फोन गरी घटनाको जिम्मेवारी लिंदै अभयले आफ्रनो पार्टीले आव्हान गरेको धनुषा महोत्तरी बन्दको अवज्ञा कएलाक कारण कारवाही स्वरुप गोली मारने वतौलैन अछि । पुर्वराजा ज्ञानेन्द्र शाहको ५ गते धनुषाको जनकपुर, ६ गते महोत्तरीको जलेश्वर र मटिहानी भ्रमणको कार्यक्रमलाई लक्षित गर्दै सो समूहले दुई दिने धनुषा र महोत्तरी बन्द आव्हान गरेको थियो । घटनापछि सो क्षेत्रमा एसपी पवन खरेल स्वयंको नेतृत्मा प्रहरी परिचालन भएको र दोषी खोजविन ब्यापक बनाइएको एसपी खरेलले बताउनुभयो ।
४ गाविसमे विपद जोखिम व्यवस्थापन कार्यक्रम शुरु
असार ६ - प्राकृतिक प्रकोपसँ होवयवला क्षति न्युनिकरण तथा ओहिसँ बचयलेल धनुषाके ४ गाविसमे विपद जोखिम व्यवस्थापन कार्यक्रम शुरु भेल अछि । अन्तराष्टिूय दातृसंस्था अक्सफामके सहयोगमे समाजिक विकास आ अध्ययन केन्द्र जनकपुर जिल्लाके झटियाही, देउरी परवाहा, मखनाहा आ इटहर्वामे उक्त कार्यक्रम शुरु कएने अछि । कार्यक्रम सम्बन्धमे जानकारी करयबाक उद्देश्य सँ संस्थाक अध्यक्ष रामसिंह यादवके अध्यक्षतामे मंगलदिन जनकपुरमे आयोजित शुभारम्भ गोष्ठीमे संस्थाक कार्यक्रम संयोजक चारु गाविसमे होवयवला कार्यहरुके जानकारी करएने छल । देउरी परवाहा र झटियाहीमा गत वर्ष देखी नै शुरु भएको यो कार्यक्रम यस वर्ष थप दुई गाविस मखनाहा र इटहर्वामा लागु भएको छ । कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर कटुवालले कागजमै काम सिमित हुने गरि काम नगर्न सुझाव दिएका थिए । त्यस्तै जिल्ला प्रहरी कार्यलय धनुषाका प्रहरी उपरीक्षक ठाकुर राम बर्तौला विपद व्यवस्थापन सम्बन्धि कार्यमे सुरक्षाकर्मीसभ अगाडी मोर्चामे रहलासँ ओहिकृ लेल आवश्यक उपकरणसभक व्यवस्था कराबय आग्रह कएने छलैथ । कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक सुवर्ण थापा मगर, खानेपानी डिभिजन कार्यालयका इन्जिनियर विजय यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतक उपस्थिति रहल छल ।
व्यापक संख्यामे शिक्षक अनुपस्थित रहल
असार ६ – जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलके नेतृत्वक टोली धनुषाके केही माध्यमिक एवं प्राथमिक विद्यालयमे छड्के कएलापर व्यापक संख्यामे शिक्षक अनुपस्थित रहल देखलगेल अछि । धनुषाक बौहर्वा उच्च माध्यमिक विद्यालयमे सोमदिन भोर छड्के कएलापर प्रध्यानाध्यापक तपेश्वर मल्लिक ६ बजे दिस हाजिर क विद्यालय छोडने देखलगेल अछि । कतेको गोटे शिक्षक तिने गते ४ गतेके हाजिर कएने देखलगेल अछि । उक्त विद्यालयका निमावि शिक्षक रामएकवाल मण्डल ३ गते नै ४ गतेको हाजिर गरेको पाईएको छ । यसैगरी विनोद मण्डलले पनि त्यस्तै कार्य गरेको पाईएको छ । यसैगरी मंगलवार सखुवामहेन्द्रनगरको क्षिरेश्वर उच्च मा.वि.मा विहान ७ बजे छडके गर्दा सबै शिक्षक अनुपस्थित रहेको पाईएको छ । यसैगरी गौरी नारायण प्राथमिक विद्यालयका प्रअ योगेन्द्र यादव अनुपस्थित रहेको पाईएको छ । जटाशंकर झा २ गते अनुपस्थित रहेको पाईएको छ । शिवशंकर कापर विना सूचना २ र ४ गते अनुपस्थित रहेको पाईएको जिल्ला शिक्षा अधिकारी छडकेमे पौलक अछि । विद्यार्थी संख्या कम भएको तर शिक्षक ८ जना रहको अनुगमनको क्रममा भेटिएको जिल्ला शिक्षा अधिकारी बतौलैन । यसैगरी रेखा कुमारी सिंह ३ गते, श्रीमति ईन्दिरा पाल २, ३ र ४ गते अनुपस्थित रहेको पाईएका थिए । श्रीमति राधा कुमारी राय पनि अनुपस्थित रहेका थिए । सुशिल कुमार ठाकुर र गिता कुमारी उपस्थित रहेका थिए । यसैगरी नक्टाझिज राष्टिूय प्राथमिक विद्यालय सुखजोर प्रअ कुमार महतो, संगिता महतो, शिला कुमारी महतो अनुपस्थित रहेको पाईएको छ । सुमन मिश्र २ र ३ गते विना सूचना अनुपस्थित रहेको पाईएको जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलले बताए । नक्टाझिज राप्रवि पर्ती टोलमा छड्के गर्दा विहान ९ बजे सम्म विद्यालय खुलेका थिएनन् । विद्यालयमा अनुपस्थित रहेका र पहिला नै हाजिर बनाएका शिक्षकहरु माथि शिक्षा ऐेन अनुसार कारवाही गरिने जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलले बताए । सरकारी विद्यालयके एसएलसी परीक्षाक परिणाम निराशा जनक आएल बेरमे शिक्षा अधिकारीके अनुगमन बहुत स्वागत योग्य रहल अछि ।
१० गोटे बालमजदुरके अभिभावकके जिम्मा लगाओलगेल
असार ६ – केन्द्रिय बाल कल्याण समिती काठमाण्डौके विभिन्न जरी कारखानामे काम करनिहार १० गोटे बालमजदुरके काल्हि महोत्तरीमे आइन क अभिभावकके जिम्मा लगाओलगेल अछि । १२ बर्ष उमेर समुहदेखी १७ बर्ष उमेर समुहका बालकहरुलाई काठमाण्डौको थानकोटमा रहेको विभिन्न जरी कारखानाबाट गत जेठ ३० गते छापामारी क निकाललगेल ३९ जना मध्ये १० जना बाल मजदुरलाई आज विहान ११ बजे ईलाका प्रहरी कार्यालय गौशालाको प्रागणमा अभिभावकलाई बोलाई जिम्मा लगाईएका्े हो । जिल्ला बाल कल्याण समीतिले आज महोत्तरी सुन्दरपुरका १६ बर्षक महादेव यादव, १२ बर्षक दिलीप कुमार यादव, १२ बर्षक मनोज महतो, १४ बर्षक इन्दल सदा, १६बर्षक रविन्द्र राम, १२ बर्षक तान्जिर अन्सारी, १५ बर्षक सरोज सदा, १६बर्षक फेकु साह, १७ बर्षक रन्जीत राय तथा गौशालाके १५ बर्षक अनिताभ अन्सारीके आज जनही १ हजार गाडी भाडा दिइ परिवारको जिम्मा लगाएको हो । जिल्ला बाल कल्याण समितीका बाल अधिकार अधिकृतका अनुुसार परिबारको लापरवाही, गरिबी तथा अज्ञानताका कारणले गर्दा यस्ता बालकहरु आफनो मजबुरी तथा परिवारको जिविकोपार्जनको लागि यस्ता काम गर्दै आएका पाईएको बताउनुभयो ।
रुपैयाँ लुटयवला मध्ये एक गोटे पक्राउ
असार ६ - महोत्तरीके गौशालासँ एक हप्ता पहिने ५० लाख रुपैयाँ लुटयवला मध्ये एक गोटेके प्रहरी सर्लाहीक लालबन्दीसँ पक्राउ कएलक अछि । लालबन्दी– २ घर भएका रविन्द्र मोक्तानलाई प्रहरीले आइ भोर घरेमे सुतिरहल अवस्थामे पक्राउ गरको हो । पक्राउ क प्रहरी मोक्तानके जिल्ला प्रहरी कार्यालय महोत्तरीके जिम्मा लगौलक अछि । वितल जेठ २९ गते दुपहर गौशालामे रहल सहयोगी बिकास बैंकको ५० लाख रुपैयाँ लुटलगेल छल । जनकपुरमे रहल नेपाल राष्ट्र बैंकसँ निकाललगेल रकम रकम सहयोगी बिकास बैंकके गौशाला शाखादिस ल क आएब रहल अज्ञात समूह बैंकके तीन गोटे कर्मचारीके नियन्त्रण्ँमे ल रुपैयाँ लुटीक फरार भेल छल । मोक्तानसहित बैंकको रकम लुटनिहार अन्य दु गोटे सेहो पक्राउ परिचुकल जिल्ला प्रहरी कार्यालय महोत्तरीके प्रहरी नायव उपरीÔक मधुसुदन लुईंटेल जानकारी दिनुभयो । अन्य लुटेराहरुलाई समेत पक्राउ गरी केही दिनमै पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरिने प्रहरी उपरिÔक लुईंटेलके कहब अछि ।
इंग्ल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा
असार ६ - इंग्ल्याण्ड च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल प्रवेश गरेको छ । वुधवार राती सकिएको खेलमा दक्षिण्ँ अफ्रिकाके ७ विकेट सँ हरबैत इंग्ल्याण्ड फाईनलमा पुगेको अछि । दक्षिण अफ्रिकाले देने १ सय ७६ रनको लक्ष्य इंग्ल्याण्डले ३७ दशमलव ३ ओभरमै ३ विकेटके क्षतिपर पुरा कयने छल । इंग्ल्याण्डके लेल जोनाथन ट्रे नटआउट ८२ रन बनौने छल । आब इंग्ल्याण्ड उपाधीके लेल भारत आ श्रीलंकाबीचके विजेतासंग खेलत । च्याम्पियन्स ट्रफीके दोसर सेमिफाईनलमे आई भारत आ श्रीलंका बेरिया सवा तीन बजे खेल शुरु होत ।
राष्ट्रपतिलाई उपचारका लागि जापान लैजान ढिलाइ
असार २ – राष्ट्रपति डा। रामवरण यादवलाई उपचारका लागि जापान लैजाने प्रक्रिया आइतबार असफल भएको छ । उहाँलाई सोमबार या मंगलबार जापान लगिने शीतलनिवास स्रोतले बनाएको छ ।
ठूलो आन्द्रामा दाग देखिएपछि राष्ट्रपति यादवलाई उपचारका लागि आइतबार जापान लैजाने तयारी सरकारले गरेको छ । तर, जापान जाने टोलीको भिसा प्रक्रिया मिलाउन र अस्पताल भर्नाको समय मिलाउन ढिला भएकाले आइतबार उहाँलाई जापान पठाउन नसकिएको स्रोतले बतायो ।
राष्ट्रपतिसँग टोलीमा छोरा डा। चन्द्रमोहन, छोरी अनिता, निजी डाक्टर यादव भट्ट र सुरक्षाकर्मी रहने छन् । टोलीको भिसा प्रक्रिया शुरु गरिएको र सोमबार या मंगलबार जापान प्रस्थान गर्ने बताइएको छ । राष्ट्रपतिको उपचारको संयोजन स्वास्थ्यमन्त्री विद्याधर मल्लिकले गरिरहनुभएको छ ।
एक महिनादेखि पेटमा समस्या देखिएको र ४ दिनअघिबाट पखाला लाग्नुका साथै खानामा अरुची भएपछि शुक्रबार राष्ट्रपतिले शिक्षण अस्पतालमा स्वाीथ्यजाँच गराउनुभएको थियो । शिक्षण अस्पतालले रिफर गरेअनुसार शनिबार धापासीस्थित ग्रान्डी अस्पतालमा उहाँको पेटको सीटिस्क्यान गर्दा ठूलो आन्द्रामा दाग फेला परेको हो ।
विगतमा सरकार अस्पतालमा मात्रै चेकजाँच गर्दै आउनुभएका राष्ट्रपति यादवलाई थप उपचार नगरिए क्यान्सरसमेत हुन सक्ने भएकाले विदेश लान लागिएको स्रोतले बताएको छ ।


















